थप १४२ जनामा कोरोना संक्रमण , १ संक्रमितको मृत्यु , २०६ निको भए

काठमाडौं, माघ २१ । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा २०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्