थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

काठमाडौं, माघ २२ । पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना निको हुनेको संख्या २२७ रहेको पुगेको छ भने योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ८५ हजार ५७३ वटा पीसीआर नमूना परीक्षण भएका छन् । यसैगरि अहिले नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्