पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २४ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय प्रणालीको प्रभावका कारण आज  देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ ।

प्रदेश–१ का धेरै स्थान तथा प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति पनि प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्