भरुवा बन्दुकसहित सप्तरीबाट २ जना पक्राउ

काठमाडौं, माघ २५ । भरुवा बन्दुकसहित सप्तरीबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेका सप्तरी प्रहरीले जनाको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुलाई नियन्त्रणमा लीएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए ।

उनीहरुमाथि थप थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्