बलिवुड अभिनेता राजीव कपुरको निधन

काठमाडौँ , माघ २७ । बलिवुड अभिनेता राजीव कपुरको निधन भएको छ ।राजकपुरका कान्छा छोरा अभिनेता राजीब कपुरको मंगलबार बिहान हृदयघातबाट निधन भएको भारतीय समाचार एजेन्सी एएनआइले जानकारी दिएको छ ।

अघिल्लो बर्ष मात्र उनका दाजु अभिनेता ऋषि कपुरको निधन भएको थियो ।५८ बर्षिय अभिनेता राजीव कपुरलाई हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो ।

उनका दाजु रणधीर कपुरले आफुले आफ्नो सानो भाई गुमाएको बताउदै डाक्टरहरुको उनलाई बचाउने प्रयास असफल भएको जानकारी दिएका छन् ।राजीव कपुरले बलिवुडमा फिल्म एक जान है हम बाट डेभ्यु गरेका थिए ।

उनको सबैभन्दा सुपरहिट फिल्म राम तेरी गंगा मैली लाई मानिन्छ । १९८५ मा रिलिज भएको यो फिल्म निकै मन पराइएको थियो । उनले आसमान, लवर ब्वाय, जबर्जस्त, अन्गारे, नाग नागिन जस्ता फिल्ममा अभिनय गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्