उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना, अन्य ठाउँमा कस्तो ?

काठमाडौं , माघ ३० । देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखााले जनाएको छ ।

महाशाखाअनुसार काठमाडौंको मौसम शुक्रवार आंशिक बदली रहने छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने छ ।

आज बिहान सूर्योदय ६ बजेर ४४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्