थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि , २ संक्रमितको मृत्यु

काठमाडौं, माघ ३० । पछिल्लो २४ घण्टमा नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ४ हजार पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ सय ३६ जना कोरोना भाइरसमुक्त भएका छन् । यससँगै मुलुकभर कोरोना भाइरसमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।

हालसम्म १ हजार ७ सय ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरि पछिल्लो २४ घन्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा २ हजार ५४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्