२३ गतेदेखि सर्वसाधारणलाई कोरोना खोप लगाइने !

काठमाडौं, माघ ३० ।नेपालमा कोरोना खोपको दोस्रो चरणको अभियान जारीरहेको छ । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले मा १४ गतेबबाट खोप लगाउन सुरु गरेको हो । जसअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीलगायत फ्रन्टलाइनरलाई खोप दिइएको छ ।

यस्तै, २६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ। यसैबीच अभियानकै क्रममा सरकारले फागुन २३ गतेदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ । खोप आउने निश्चित भएपछि सर्वसाधारणलाई खोप दिने तयारी मन्त्रालयले तयारी गरेको हो ।

२३ गतेदेखि सरकारले ५५ वर्षमाथि उमेर समूहलाई खोप दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै फागुन २ देखि ८ गतेसम्म सरकारी कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, बैंकका कर्मचारी,सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी खोप दिइने खोप महाशाखाका प्रमुख डा। झलक गौतमले जानकारी दिए ।

उनका अनुसार खोप दिनका लागि स्थानीय तहमै खोप केन्द्रहरु बनाउने तयारी भइरहेको बताएको छ । अहिले उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइरहने भएकाले यस्तो निर्णय गरेको गौतमले बताए । चीनले पनि नेपाललाई ५  लाख  डोज खोप दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्