महिला राष्ट्रिय लिगमा आर्मी विजयी , रश्मीको ह्याट्रिक

काठमाडौँ , फागुन २ । महिला राष्ट्रिय लिगमा आर्मी विजय भएको छ । आज भएको खेलमा आर्मीले चन्द्रपुरलाई ६–१ ले हराएको हो । जितमा रश्मी घिसिङले ह्याट्रिक गरिन् । उनले कुल चार गोल गरेकी हुन् ।

सातदोबाटोमा भएको खेलमा आर्मीले प्राप्त गरेको सजिलो जितमा विमला चौधरीले दुई गोल गरिन् । चन्द्रपुरकतर्फबाट रजनी थोकरले एक गोल फर्काइन् ।

यो जितपछि आर्मीको १० खेलबाट २५ अंक भएको छ र अंक तालिकाको दोस्रो स्थानमा छ । यस्तै चन्द्रपुर भने छ अंकमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्