पश्चिमी वायुको प्रभाव कायमैः यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाक अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आगामी २४ घण्टाका लागि महाशाखाले देशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू(भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

फाल्गुन ०३ गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ ।
राती: प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फाल्गुन ०४ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १ लगायत देशका अन्य पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुका आंशिक बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ भने बाँकि अन्य प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

फाल्गुन ०५ गते (बुधबार)

दिउँसो :  प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।
राती: देशका पहाडी भूभागहरुमा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्