वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु र लेखापढी घुससहित पक्राउ

काठमाडौं, फागुन ३ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरू दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिएको हो।नासु नरेन्द्र चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाण पत्र लिन लेखापढी रामबाबु दाहाललाई भेट्न भनेका थिए।

त्यसक्रममा उनले कर्मचारीहरूमा समेत मिलाउनु पर्छ भन्दै घुस मागेका थिए।घुस मागेको भन्ने सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाको छ।

प्रतिक्रिया दिनुहोस्