यस्ता छन् कालो अंगुर खाँदाका फाइदा

काठमाडौँ, फागुन ३ । कालो अंगुर तपाइले कतिको खाने गर्नु हुन्छ ? फलफुल खानु हाम्रो स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । हामीले समय मसयमा फलफुलको सेवन गर्ने गर्नु पर्छ ।

अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । यसैले आज अंगुर खानुका फाइदाका बारेमा भन्न गइरहेका छौं ।

यस्ता छन् कालो अंगुरको फाइदाः

-हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाई पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुहोस् ।

-माइग्रेन कतिपयलाई माइग्रेन जस्तो रोगले निकै सताइरहेको हुन्छ । यस्तो समस्यामा टाउकोको आधा भाग दुख्ने गर्दछ । यस्तो पीडाको समयमा कालो अंगुरको सेवन गर्नु भएमा पीडा हराउँदछ ।

-रक्ताल्पता शरीरमा रगतको कमी हुँदा कमजोरी महशुस हुने र अन्य स्वास्थ्य समस्या पनि देखा पर्ने हुन्छ । यस्तो अवस्था निम्तिन नदिनको लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

-क्यान्सर अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्दछ ।

-अनुहार वा जिउमा आएका फोकालाई सुकाउनका लागि अंगुर सहयोगी हुन्छ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुहोस् । –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्