राष्ट्रिय महिला लिग : पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जीत

काठमाडौं , फागुन ३ । राष्ट्रिय महिला फुटबल लिगमा शीर्ष स्थानको एपीएफले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

लगातार दशौं खेल जित्ने क्रममा सोमबार एपीएफले पुलिसलाई २-१ ले पराजित गरेको हो । यससँगै एपीएफले लिगमा सतप्रतिशत नतिजालाई कायम राखेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्‍न खेलमा एपीएफले गोलका लागि ६८औं मिनेटसम्म कुर्नु परेको थियो। नेपाल पुलिस क्लबकी कप्तान घिमकुमारी घिसिङले गरेको आत्मघाती गोलबाट एपीएफले अग्रता लिएको हो।

कठिन जितपछि अपराजित यात्रा कयाम राखेको एपीएफले १० खेलबाट ३० अंक जोडेको छ र उपाधि नजिक पुगेको छ । एपीएफले अब बाँकी दुईमध्ये एक खेल जितेमा च्याम्पियन बन्नेछ ।

एपीएफले अब विराटनगर महानगरपालिका र आर्मीसंग खेल्न बाँकी छ । समान खेलबाट आर्मी २५ अंकसहित दोस्रो स्थानमा छ ।

उता १० खेलबाट १४ अंक मात्र रहेको पुलिस चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्