अझै पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन ४ । नेपालमा अझै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण आज प्रदेश–न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस्तै आज  महाशाखाले जारी दिउँसोको मौसम पूर्वानुमानका अनुसार प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

त्यस्तै रातिमा भने प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।

त्यस्तै राति उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

हिजो ८ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज ९मंगलबार० ५ डिग्री सेल्सियसमा झरेको छ । आज अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्