देशभर थपिए १०५ जना संक्रमित , मृत्यु शून्य , अहिलेसम्मको विवरण यस्तो छ

काठमाडौं, फागुन ४ । नेपालमा पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुने मध्ये ४० महिला र ६५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ३ सय ६० जनाको नमुना पिसिआर परीक्षण गर्दा १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । १ हजार ५८१ जना सक्रिय संक्रमित छन्।

अहिले १५ सय ८७ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । नेपालमा हाल ७४ जना क्वारेन्टाइनमा छन् । यसैबीच मंगलबार मृतकको संख्या शून्य छ । अहिलेसम्म नेपालमा २ हजार ५५ जनाको मृत्यु भएको छ ।

शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको थियो । सोमबार भने एकजनाको मृत्यु भएको थियो । हालसम्म नेपालमा २१ लख २३ हजार ९५१ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्