प्रधानमन्त्रीले बुझाए अवहेलना मुद्दाको लिखित जवाफ ,सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने दाबि

काठमाडौँ, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा अवहेलना मुद्दाको लिखित जवाफ पठाएका छन् । आफै उपस्थित भएर ओलीले जवाफ पठाएका हुन् । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको ओली ले बताएका छन्।

उनले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन्।

सर्वोच्च अदालतमा आज आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज योग्य रहेको जनाएका छन्।

पछिल्लो समय प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपा विभाजित भएको छ । यसले पनि ओली विरुद्ध आन्दोलन भइरहेको छ । नेकपाकै अर्का समुह दाहाल नेपाल समुहले प्रधानमन्त्री विरुद्ध आन्दोलन गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्