थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं , फागुन ६ । नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ९६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
योसँगै अहिलेसम्म कुल २ लाख ७३ हजार १६६ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६०३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १११ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६९ हजार ५०५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५४१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ३१ हजार ३३० पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ७१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ६०३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०५८ रहेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्