चिकित्सकको शुल्क वृद्धिमा स्वास्थ्य मन्त्रालयको आपत्ति, पुरानै शुल्क कार्यान्वनय गर्न निर्देशन

काठमाडौं, फागुन ६ । हिजो मात्रै चिकित्सकको परामर्श शुल्क बढेको थियो । बुधबार अफिनका अध्यक्ष बसन्त चौधरी र संघका अध्यक्ष डा. त्रिलोचन कार्कीले विज्ञप्ति सार्वजनिक गर्दै चिकित्सकको शुल्क बढाएका हुन् ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको संयुक्त बैठकले चिकित्सकको परामर्श शुल्क बढाउने निर्णय गरेको थियो ।तर यो निर्णय भने स्वास्थ्य मन्त्रालयले अस्विकार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकले बिरामी चेकजाँच गरे वापतको शुल्क वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको सहमती बिना एकलौटी रुपमा शुल्क वृद्धि गरेकोमा मन्त्रालयको सहमति नरहेको औंल्याएका छन् ।

२०७१ सालमा निर्धारण गरिएको शुल्क नै कायम गर्न गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
नेपाल चिकित्सक संघ र अफिनले चिकित्सकको कार्यअनुभवको आधारमा ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क लिन पाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्