नेप्से २६ सय ३६ अंकमा: सातामा ४४ अर्ब १४ करोडको कारोवार

काठमाडौ ,फागुन ७ । यो साता नेप्से २६ सय ३६ दसमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि चार सय ८१ दसमलव ७८ अंकमा पुगेको छ ।

यो साता दुई सय आठ वटा कम्पनीहरुको कारोवार तीन लाख ६९ हजार नौ सय ५३ पटकको कारोवारमा नौ करोड २३ लाख ६६ हजार तीन सय ५३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ४४ अर्ब १४ करोड ४९ लाख ७१ हजार एक सय ८४ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा घटेको हो ।

नेप्सेमा गत साता भने दुई सय छ वटा कम्पनीहरुको तीन लाख ८५ हजार छ सय १३ पटकको कारोवारमा सात करोड तीन लाख ११ हजार २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४५ अर्ब २६ करोड ८५ लाख २७ हजार सात सय ६७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो दिन घटेको नेप्से बाँकी दिनहरुमा भने उच्च अंकले बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ३३ दसमलव ३३ अंकले घटेर २४ सय ९३ दसमलव ५९ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव २१ अंकले घटेर चार सय ५४ दसमलव १२ अंकमा पुगेको थियो । दोस्रो भने नेप्से ९२ दसमलव ४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दसमलव एक अंकमा पुग्दा सेन्सिटिभ पनि १५ दसमलव ३३ अंकले बढेर चार सय ६९ दसमलव ४४ अंकमा पुगेको थियो ।

तेस्रो दिन पनि नेप्से १५ दसमलव पाँच अंकले बढेर दुई हजार छ सय एक दसमलव ५१ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव नौ अंकले बढेर चार सय ७३ दसमलव ५३ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से नौ दसमलव ९४ अंकले बढेर दुई हजार छ सय ११ दसमलव ४५ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ४७ अंकले बढेर चार सय ७५ अंकमा पुगेको थियो ।

अन्तिम दिन पनि नेप्से २५ दसमलव २३ अंकले बढेर २६ सय ३६ दसमलव ६८ अंकमा पुग्दा सेन्सिटिभ पनि छ दसमलव ७७ अंकले बढेर चार सय ८१ दसमलव ७८ अंकमा पुगेको थियो । यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नबिल बैंक आदि परेकाछन । सेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता यिनै कम्पनीहरु अगाडि देखिएकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेकाछन ।

नेप्सेका अनुसार यो साता मुक्तिनाथ बिकास बैंक, लक्ष्मी लघुुबित्त बित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, कामना सेवा बिकास बैक आदिको बोनस तथा हकप्रद सेयर नियमित कारोवारका लागि सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्