महिला लिगको च्याम्पियन बन्यो एपीएफ

काठमाडौं , फागुन ७ । विभागीय टोलि एपिएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ ।

शुक्रबार लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो ।

यो सँगै लिगमा खेलेका सबै १२ खेलमा जित निकालेर एपीएफ च्याम्पियन बनेको छ । लिगका १२ खेलमा कुल ७७ गोल गरेको एपीएफले केब लेक गोल खाएको थियो । एपिएफविरुद्ध पुलिस क्लबले एक गोल गरेको थियो ।

त्यस्तै लिगमा आर्मी क्लब दोस्रो र पुलिस क्लब तेस्रो भएका छन् ।उपाधिसँगै एपिएफले १५ लाख नगद पुरस्कार पाएको छ भने दोस्रो भएको आर्मीले ८ लाख र तेस्रो भएको पुलिसले ५ लाख पाएका छन् ।

गत ७ माघबाट शुरु भएको प्रतियोगितामा सात टोली विभागीय टोली नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्