चीन सरकारले दियो १६ ओटा खोपलाई परीक्षणको अनुमति

काठमाडौं, फागुन ९ । चीन सरकारले १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनभित्र बनेका यी १६ बटा खोपलाई परीक्षणको अनुमति दिएको हो ।

चीन सरकारले त्यहाँको १६ वटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले जनाएको छ ।यस मध्ये छ वटा खोपको तीन चरण परीक्षण भइसकेकोछ ।

चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट यो खोप बनेको हो । सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोनटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएर प्रयोग भइरहेको छ ।

चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रअरीे ९ मा चार करोडभन्दा बढी खोप संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको बताइएको छ । ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको हो भने कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

यसैबीच अन्य देशले पनि खोपको परिक्षणको अनुमति पाइसेकेका छन भने कतिपय देशमा खोप लगाउने अभियान पनि जारी नै रहेको छ । चीनले यता नेपाललाई पनि खोप दिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्