आलु कसले खान मिल्छ ? कसले मिल्दैन ?

काठमाडौं  , फागुन ९ । हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो आलु ।सधैं यसको प्रयोग हामीले दैनिक जसो गरिरहेका हुन्छौ । आलु त्यस्तो चिज हो जो सबै तरकारीमा मिसाउँदा स्वादिलो नै हुन्छ । यसको स्वाद मात्र नभई यसमा पाइने पोषणले हाम्रो शरीरमा फाइदा पुर्‍याउँछ ।

आलु खाए मोटाइन्छ पनि , कतिपय मानिसहरु आलुको सेवनबाट टाढा रहन्छन् , किन की यो खायो भने मोटाइन्छ भन्ने डरले । तर अध्ययनले भने आलु खादैमा मोटाइदैन । तर यसलाई तेल वा घ्यूमा तारेर भने खानु हुँदैन । यसको सट्टा आलु उसिनेर खाएमा फरक पर्दैन ।

भारतको हर्टिकल्चर प्रोडयुस म्यानेजमेन्ट इन्सटिच्युटले सार्वजनिक गरेको अध्ययन अनुसार आलुले मोटोपना बढाउने, मधुमेह रोगीकालागि हानिकारक हुने धारणा चिर्दै आलुमा मोटोपन बढाउने तत्व कम हुने भएकाले आहारको रूपमा आलु खान मिल्ने बताएको छ ।

अध्ययन अनुसार उमालेको वा काँचो आलुमा फ्याटको मात्रा ०.१ प्रतिशत हुन्छ, जसले शरीरको मोटोपन बढाउँदैन । आलुमा कार्बोहाइड्रेट सन्तुलित मात्रामा र फ्याटको मात्रा कम हुने भएकोले अवस्था अनुसारका मधुमेहका रोगीहरूले खान मिल्ने बताइएको छ ।

आलुमा ७५ देखि ८० प्रतिशतसम्म पानी, २.५ देखि ३ प्रतिशत प्रोटिन, ०.६ प्रतिशत फाइबर, १६ देखि २० प्रतिशतसम्म कार्बोहाइड्रेट, ०.१ प्रतिशत फ्याट र १ प्रतिशत खनिज पदार्थ पाइन्छ । आलुमा भिटामिन र ग्लाइको अल्काइड पनि थोरै मात्रामा पाइन्छ ।

एक सय ग्राम काँचो आलुमा ८० क्यालोरी ऊर्जा, सुकेको आलुमा ३ सय २१ क्यालोरी र यति नै मात्राको मकैमा ९६ क्यालोरी, चामलमा ३ सय ६४ क्यालोरी, गहुँमा ३ सय ३२ क्यालोरी ऊर्जा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्