काठमाडौं उपत्यकामा ४९ सहित थप ८० जनामा कोरोना संकंमण , १२१ जना संक्रमणमुक्त

काठमाडौं, फागुन ९ । नेपालमा पछिल्लो ३४ घण्टामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् । त्यस्तै क्वारेन्टाइनमा ६८ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १ हजार ४९४ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्