अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं , फागुन १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

बाल सरोकार समूहले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो धारणा राखेका हुन् । चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको उनले औंल्याउँदै उनले शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी जिकिर गरे ।

नेपालको चालु शिक्षा प्रणालिबाट मुलुकले सोचे जस्तो फड्को मार्न नसक्ने धारणा व्यक्त गर्दै मन्त्री श्रेष्ठले यसको लागि वर्तमान समयमै सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्ने बताए ।

अहिलेको शिक्षा प्रणाली त्यति गुणस्तरीय भने नभएको बताउँदै आएको छ । शिक्षा क्षेत्रका हरेक गतिविधिमा ध्यान दिन जरुरीछ । यसमा आम परिवर्तनको आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्