महिला हिंसा अन्त्य हुनुपर्छ , तर यसमा सरकारले ध्यान दिएको छैन्: डा. संग्रौला

काठमाडौं, फागुन १० । पछिल्लो समय नेपालमा महिला हिंसा बढिरहेका छन् । महिला भन्दा पनि बालिका र किशोरीहरु बढि हिंसामा परिरहेका घटना बढेको छ । बलात्कारको शिकारमा यति बेला बालिकाहरु परिरहेका छन् ।

यसैबीच नेपाली काँग्रेस केन्द्रीय सदस्य डा। डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो रहेको औंल्याएकी छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो औंल्याएकी हुन् । महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गर्नु पर्ने उनलेृ बताईन् ।

साथै उनले सुदूरपश्चिमका नौ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी समेत गराएकी छन् । महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको पनि उनको भनाइ रहेको थियो ।

दिनानुदिन जघन्य अपराध भइरहदा पनि सरकार यसमा उदाशिन नबनेको उनले बताइन् । यसले गर्दा पनि अहिले छोरी चेलीले असुरक्षित महसुश गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्