ओलीको प्रतिगमनलाई नारायणहिटीबाट अनेरास्ववियूको जुत्ता प्रहार , संविधानको पालना गर्न आग्रह

काठमाडौं, फागुन १० । चौथो चरणको आन्दोलनमा रहेको नेकपा पुष्कमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता प्रहार गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको प्रतीक बनाएर त्यहीँ फोटोमा अनेरास्ववियूले सोमबार नारायणहिटी संग्रहालयअगाडि सडकमा जुत्ता प्रहार गरेको हो।

ओली राजनीतिक, वैचारिक, धार्मिक सबै दृष्टिकोणले प्रतिगामी हुँदै गएकाले नारायणहिटी दरवार नजिक प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए। कार्यक्रममा सहभागीले प्रतिगमन कुनै पनि हालतमा स्विकार्न नसकिने बताएका छन् ।

साथै प्रधानमन्त्री ओली र उनी निकटकाहरुले संविधानको पालना नगरेको भन्दै संविधानको पालना गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्