ट्राफिक चेकिङ छल्न खोज्दा जावलाखेल चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं , फागुन १० । ट्राफिक चेकिङ छल्न खोज्दा ललितपुरको जावलाखेल चोकमा बसको ठक्करबाट महिलाको एक मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा।२ख ३५७४ नम्बरको बसले प्रदेश ३-०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । “हाम्रो नियमित चेकिङ थियो । उहाँले त्यसलाई छल्न खोज्दा भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दियो । त्यसक्रममा ज्यान गएको हो उनले भने ।”

मृतकको पहिचान हुन सकेको छैन । घटना हुनुमा ट्राफिक प्रहरीको कमजोरी भएको कतिपयले बताएका थिए तर त्यस्तो नभएको एसएसपी भट्टराईले दाबी गरेका छन् ।

साथै मृतकको साथमा लाइसेन्स नभेटिएको र त्यसैकारण भाग्न खोजेको हुनसक्ने प्रहरीको दाबी छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्