लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको शेयर मुल्य घट्यो

काठमाडौँ , फागुन ११ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा मंगलवार गिरावट आएको छ ।

लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको प्रि-कारोबारमा १० प्रतिशतले बढेको भएपनि बजार खुल्नासाथ १० प्रतिशतले घटेको छ ।प्रि-कारोबारमा ६ सय ९३ मा बजार खुलेए ७२६ पुगेको मूल्य घटेर ५ सय ९४ कायम भएको छ ।

अघिल्लो दिनसम्म यस बैंकको शेयर किन्नेको भीड लाग्ने गरेकोमा मंगलवार भने बेच्नेको संख्या धेरै देखिएको छ । ठूला लगानीकर्ताहरुले एकैपटक योजनाबद्ध रुपमा नाफा बूक गर्न खोज्दा बैंकको शेयरमा गिरावट आएको विश्लेषण गरिएको छ ।

बैंकको शेयर माघ ३० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर फागुन २ गते पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो ।

पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्