जे फैसला सर्वोच्चले गर्छ त्यो स्वीकार्य हुन्छ : ईश्वर पोखरेल

काठमाडौँ , फागुन ११ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने नेता पोखरेलको भनाई छ । यद्यपी प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको पोखरेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्