अहिलेको युद्ध हामीले जित्नुपर्छ, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास छ: प्रचण्ड

काठमाडौं , फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति विश्वास भएको र अदालतले सही फैसला गर्छ भन्नेमा आफ्नो विश्वास भएको बताएका छन्।

मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन्।

‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ। अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास छ,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त मुद्दा अदालतमा बहसपछि हेर्दाहेर्दैमा छ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप लगाएका छन्। अहिले दाहाल नेपाल सुमह आन्दोलमा होमीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्