ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्यचौकीलाई बेबीवार्मर (न्यानोनानी) प्रदान

काठमाडौं, फागुन ११ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्यचौकी म्यागङ गाउँपालिका वडानं. ५ सामरी ,नुवाकोटलाई एक-एक थान बेबीवार्मर प्रदान गरेको छ।

सामरी स्वास्थ्यचौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रुपमा सो बेबीवार्मर प्रदान गरिएको हो। बीवार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फ बाट बैंक का नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाटसुनिल बानियाँद्वारा संयुक्तरुपमा म्यागङगाउँपालिका वडानं. ५का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्यचौकीका इन्चार्ज डम्बर न्यौपाने लाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर बाट सामरी स्वास्थ्यचौकी,सामरीमा प्रसुतिसेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल( कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल ( नवलपुर, महाकाली अञ्चल अस्पताल(कञ्चनपुर, प्युठान जिल्ला अस्पताल(प्युठान, प्राथमिक स्वास्थ्यकेन्द्र(महोत्तरी, आम्दा अस्पताल(झापा, जिल्ला अस्पताल-खोटाङ्ग र सामरीस्वास्थ्यचौकी(सामरीलाई एक-एक थान बेबीवार्मर प्रदान गरि हालसम्म जम्मा८वटाबेबीवार्मर प्रदान गरिसकेकोछ।

नेपाली समाजमा स्थानीयतहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरु लाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाटनिर्देशित हाम्रो विकास प्रवर्द्धनकोष मार्फत ज्योति विकासबैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरु सँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएकोछ।

बैंकले१२औंवार्षिकोत्सवको अवसरमा डा। महाविरपुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कारकेन्द्रलाई१०वटा न्यानोनानी बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु- ८लाख प्रदानगरेकोथियो।

ज्योति विकास बैंकले हाल१०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१वटा ब्त्ः मार्फत सेवाउ पलव्ध गराउँदै आईरहेकोछ। हाल सम्मबैंकले ३ लाख भन्दा बढि खाता बाट करिब रु.४६ अर्ब निक्षेप संकल नगरी २३ हजार भन्दा बढि ऋणीहरुलाई करिब रु.३७अर्ब लगानी गर्न सफलभएको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्