ओलीको स्वेच्छाचारीता अन्त्यको लागि पनि चुनाब आवश्यक: कमल थापा

काठमाडौं, फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताएका छन् ।

संसद विघटन सम्वन्धि अस्पष्टता हटाउन सर्वोच्चले यसवारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनाव वेश हुने बिचार ब्यक्त गरे । प्रधानमन्त्री केपी ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाब आवश्यक भएको बताए ।

गृहजिल्ला मकवानपुरमा टोल-टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले आज हेटौंडा -१३ को पदमपोखरिमा आयोजित कार्यक्रममा बोल्दै निशेधको राजनितिले मुलुकलाई सड्ढट तर्फ लैजाने भएकोले सबै उदार ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

थापाले बिगत १४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए। स्वाधिन ,सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निशेधको राजनिती परित्याग गर्नुपर्ने बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशीको एजेन्डा भएकोले त्यो भारी बिसाउनु पर्ने उनको भनाइ रहेको थियो ।भ्रष्टाचार, बेरोजगारी र धर्मपरिबर्तनले मुलुकलाई थप अधोगती तर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले काङ्ग्रेस कम्युनिस्ट असफल भएकोले राप्रपा अब जनताको छनौट हुनुपर्ने भएको भन्दै संगठन सुदृढीकरणमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्