प्रधानमन्त्री ओलीले परिवारसँग मनाए ७०औं जन्मदिन

काठमाडौं , फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् । उनले परिवारसँग आफ्नो जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिएर जन्मदिन मनाएका छन् ।

अघिल्लो जन्मदिन भने ओलीले तेर्हथुम पुगेर मनाएका थिए । यस पटक भने काठमाडौँमै जन्मदिन मनाएका हुन् । वि.

स. २००८ सालमा तेह्रथुममा आमा स्व। मधु ओलीको कोखबाट जन्म लिएका थिए।

प्रतिक्रिया दिनुहोस्