१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ

काठमाडौं, फागुन ११ । १४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउंपालिका ४ स्थायी वतन काठमाडौं चक्रपथमा बस्ने ३५ वर्षीय राम कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

आफ्नै गाउँले चन्द्र प्रकाश राईले बिदेशमा मानिस पठाउने र आकर्षक तलव हुने बताएपछी २०७३ असार ८ गते राम कुमार चौधरीको पासमा पुर्याएर श्रीलंका पुर्याएर विक्री गरेको प्रहरीको भनाई छ ।

निवेदक पीडित महिलाको जाहेरीअनुसार भारतको सिलगुढी स्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखि श्रीलंकमा पुर्‍याए र २ महिना बन्धक बनाएको आरोप छ ।

पीडक मध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेकोमा सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेको छ । चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान कारवाही हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्