धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं, फागुन ११ । प्रहरीले धनुषाबाट साढे २५ लाख रुपैयाँसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले बताए ।

साढे २५ लाख रुपैयाँ लिएर भारत तर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई जटही नाकाबाट पक्राउ गरिएको पनि उनले जानकारी दिए ।

भारतीय नम्बरप्लेटको मोटरसाइकलमा उनीहरु भारत गइरहेका थिए । नगदसहित पक्राउ परेका दुवै जनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्