भारत–इङल्यान्ड टेस्ट सिरिजको तेस्रो खेल भोली हुने , दुबै जित निकाल्ने दाउमा

काठमाडौं, फागुन ११ । भारत–इङल्यान्ड टेस्ट सिरिजको तेस्रो खेल बुधबार हुने भएको छ ।उक्त चार खेलको टेष्ट सिरिजको तेस्रो खेल अहमाबादको माटेरा स्टेडियममा हुने भएको हो । खेलमा दुवै टोली जित निकाल्दै विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने योजनामा रहेका छन् ।

पहिलो खेलमा इङल्याण्डसँग २ सय २७ रनले पराजित भएको भारतले दोस्रो खेलमा ३ सय १७ रनले जित निकाल्दै सिरिज बराबरी गरेको छ।विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन दुवै टोलीको उत्तिकै सम्भावना रहेको देखिन्छ ।

भोलि हुने खेलमा पराजित टोली च्याम्पियनसिपबाट बाहिरिनेछ। भोलिको खेलमा भारतीय कप्तान विराट कोहलीले जित निकाल्न सक्षम भएमा उनले टोलीलाई च्याम्पियनसिपको फाइनलमा मात्र टोलीलाई पुर्याउनेछैनन् कि पूर्वकप्तान एमएस धोनीको रेकर्ड पनि तोड्नेछन्।

भारतीय भूमिमा टेष्ट म्याचमा धेरै जित दिलाउने कप्तानको सूचीमा पूर्वकप्तान धोनी २१ जितका साथ शीर्षस्थानमा छन्। तर कप्तान कोहलीले चेपाँकमा जित निकाल्दै धोनीको यो रेकर्डसँग बराबरी गरेका थिए।भोलिको खेलमा कप्तान कोहलीले टोलीलाई जित दिलाउन सकेमा उनी २२ औं टेष्ट खेल जिताउने कप्तानको शीर्ष स्थानमा आउनेछन्।

यो सूचीमा धोनीपछि मोहम्मद अजरुद्दिनको नाम छ। अनरुद्दिनले १३ खेलमा जित हासिल गरेका थिए भने सौरभ गांगुलीको नाम १० टेष्टमा जित निकाल्दै चौथो स्थानमा छ।

भोलिको खेलमा भारतले जित निकाले कप्तान कोहलीले अर्को रेकर्ड पनि तोड्न सक्नेछन्। घरेलु भूमिमा भएको टेष्ट खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूची पनि तोड्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्