ओली समूहको बालुवाटारमा स्थायी समिति बैठक जारी, आगामी रणनीति बनाउने योजना

काठमाडौं , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा उनी पक्षीय नेकपाको स्थायी समिति बैठक बसिरहेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरिदिएपछि बैठक बसिरहेको हो । बैठकबाट सर्वोच्चको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गरिने बताइएको छ ।

बैठकमा ओली पक्षीय नेताहरु विष्णु पौडेल, राम बहादुर थापा बादल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, टोप बहादुर रायमाझी, मणि थाप, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल लगायतको सहभागिता रहेको छ ।

यता ओलीले सर्वोच्चको फैसला स्वीकार्ने बताएका छन् तर तत्काल राजीनामा भने नदिने सल्लाहकारमार्फत सन्देश दिएका छन् ।

यता नेकपाको अर्को समुह दाहाल नेपाल समुह पनि बैठक बस्ने तयारीमा छ । दाहाल -नेपाल अहिले सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्