क्यानले फागुन २२ देखि काठमाडौंमा मेयर कप प्रतियोगिता गर्ने

काठमाडौं, फागुन १२ । नेपाल क्रिकेट संघ क्यानले आगामी फागुन २२ गतेदेखि काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

प्रतियोगिता फागुन २९ गतेसम्म चल्ने छ । खेल टियू क्रिकेट मैदान र मुलपानी मैदानमा हुने क्यानले जनाएको छ।

प्रतियोगितामा अघिल्लो महिनासम्पन्न प्रधानमन्त्री कपमा सेमिफाइनलिस्ट टोलीहरु त्रिभुवन आर्मी क्लब, एपीएफ, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टोलीबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौं महानगरको टोलीमा सबै प्रदेशका खेलाडीहरु समावेश गरिनेछन। प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ।

मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौँ महानगरपालिकाले क्यानलाई ५० लाख रुपैयाँ दिने सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस्