मिलेर जान जसपालाई प्रचण्ड–माधवको प्रस्ताव

काठमाडौं , फागुन १३ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग प्रचण्ड नेपाल समुहले छलफल अगाडि बढाएका छनत् । हिजो मात्रै काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका यो समुहले आज पनि जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गरेको छ ।

छलफलमा उनीहरुले जसपासँग मिलेर जाने प्रस्ताव राखेका छन् ।प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् ।

मिलेर अगाडि जानुपर्छ भन्ने विषयमा छलफल भएको जसपा नेता राजेन्द्र महतोले बताए ।
नेता महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’

यति बेला नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्