वामदेवको प्रचण्डसँग भेटवार्ता, एक घण्टा भएको छलफलमा के भयो कुराकानी ?

काठमाडौं , फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि सक्रियता बढाएका नेता गौतमले विहिबार बिहान प्रचण्डलाई भेट गरेका हुन् ।

प्रचण्ड निवास खुमालटारमा करिब एक घण्टा भएको छलफलमा बामदेवले अझै पनि नेकपाको एकतालाई जोड दिएको बताइएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीला हटाएर नेकपा बाटै नयाँ प्रधानमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरेको बताइएको छ ।

पार्टी एकता अभियान सञ्चालन गरिरहेका नेता गौतमले ओलीको बहिर्गमनपछि पनि नेकपाकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि विभाजित नेकपाको कुनै पनि पक्षमा नउभिएका गौतमले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्