५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ

काठमाडौं , फागुन १३ । ५० हजार घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र सई पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी रहेका छन् । उनीहरुलाई बिहीबार नियन्त्रणमा दिएको अख्तियारले जनाएको छ ।

फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए।

घुस लिइसकेको अवस्थामा रकमसहित गैडहवा–३ बाट दुबैजनालाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान अघि बढाइएको भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्