म्यान्मारको सेनामाथि फेसबुक र इन्स्टाग्रामले लगायो प्रतिबन्ध

काठमाडौँ , फागुन १३ । फेसबुक र इन्स्टाग्रामले म्यान्मारका सैनिक शासक र उनीहरुलाई समर्थन गर्नेहरुलाई प्रतिबन्ध लगाएको छ ।

फेसबुकले म्यान्मारमा भएको सैनिकले ’कू’ गरेका कारण उनीहरुलाई फेसबुक र इन्स्टाग्राम चलाउन दिनु जोखिमपूर्ण काम भएको भन्दै यस्तो कदम चालेको बताएको छ ।

फेसबुकले बुधबारराति देखि सेना र सेनाको कू लाई समर्थन गर्नेहरुलाई अहिलेको परिस्थितिलाई हेरेर अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जनाएको छ । फेब्रुअरी १ मा सेनाले कु गर्दै राष्ट्रपतिसहित प्रमुख राजनीतिक नेताहरुलाई हिरासतमा लिएको छ ।

यसपछि सैनिक कू को विरोधमा प्रदर्शन भएको थियो । प्रदर्शनमा अहिलेसम्म तीन प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ ।फेसबुकले यसअघि नै म्यान्मारको सेनाको मुख्य पेजलाई पनि प्रतिबन्ध लगाएको थियो ।

म्यान्मारको सेनाले फेसबुकलाई २०२० मा भएको निर्वाचनमा धाधली भएको भन्ने आफ्नो दाबिको प्रचार प्रसारका लागि प्रयोग गरेको फेसबुकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्