अब आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न पाइने

काठमाडौं, फागुन १३ । अब प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था थियो तर अब भने तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको हो ।

पहिलेकोमा केहि गुनासो आएको र यसलाई सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ ।

अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् ।

यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।भोलि (शुक्रबार) बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्