टी–२० सिरिजको दोस्रो खेलमा न्युजिल्यान्ड विजयी

काठमाडौं, फागुन १३ । टी–२० सिरिजको दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा न्युजिल्यान्ड विजय भएको हो । डुन्डिनमा भएको खेलमा घरेलु टोली न्युजिल्यान्डले चार रनको रोमाञ्चक जित निकालेको हो।

न्युजिल्यान्डको जितमा मार्टिन गुप्टिलले ९७ रनको उत्कृष्ट पारी खेले भने गुप्टिलले ५० बलमा ९७ रन बनाए । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ५३ जिम्मी निसमले ४५ रन बनाएका थिए।
टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभर सात विकेट गुमाई दुई सय २० रनको विशाल योगफल तयार गरेको थियो।

दुई सय २० रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाई दुई सय १५ मात्रै बनाउन सक्यो। जितसँगै न्युजिल्यान्ड पाँच टी–२० सिरिजमा २–० को अग्रता बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्