२५ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, फागुन १३ । श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज ७ का ३५ बर्षिय चन्द्र शेखर प्रसाद र ३८ बर्षिय सन्जय कुमार रहेका छन ।

भारतीय नम्बर प्लेटको मोटर्साइकलमा उनीहरु रहेका थिए । खानतलासी गर्दा मोटरसाइकलको डिक्कीमा लुकाईराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्