कुमारी बैंक लिमिटेडद्वारा आफ्नो क्युआर सेवा विस्तार

काठमाडौं, फागुन १३ । कुमारी बैंक लिमिटेडले आफ्नो क्युआर सेवा विस्तार गरको छ । बैंकले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात् क्युआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा मुख्य अतिथि चिरिबाबु महर्जनबाट सो क्युआर कोडहरू हस्तान्तरण गरिएको छ ।

नगद् वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि “कुमारी स्मार्ट” नामको मोबाइल एप्लिकेसन प्रस्तुत गरेको छ ।

यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ । यस्तो सेवाको प्रयोग गर्दा कुनै पनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद् यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैंक लिमिटेडका क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या ७००० भन्दा बढी पुगेको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्