फार्मेसी अधिकृत सुवेदी २ लाख घूससहित पक्राउ

काठमाडौँ , फागुन १३ । एक जना फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ परेका छन् ।औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग २ लाख घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान इकाई इटहरीको टोलीले सुवेदीलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका ३ को एक होटल नजिकबाट बिहीबार दिउँसो नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

सुवेदीलाई घूससहित अख्तियारको टोलीले पक्राउ गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्