प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजेका लागि बोलाएको छ ।

बैठकको एजेण्डा बारेमा भने केही पनि खुलाएको छैन । बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना पनि रहेको छ ।

गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई आदेश दिएको थियो । त्यसबारे छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रतिनिधिसभा बैठक बेलाउने विषयमा छलफल भएको बुझिएको छ। आजको बैठकमा पनि यहि विषयमा छलफल हुन सक्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्