सिद्धार्थ बैंकका ग्राहकले अब त्रिसारामा छुट पाउने

काठमाडौं, फागुन १४ । सिद्धार्थ बैंकका ग्राहके अब त्रिसारामा छुट पाउने भएका छन् । यसका लागि सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्ट एण्ड बार प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ र इन्टरनेट बैैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने छन्।

बैंक र रेस्टुरेन्टबीच दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडमा रहेका त्रिसारामा १० प्रतिशतसम्म छुट दिने सहमति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्