प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाए , विशाल भट्टराई नियुक्त

काठमाडौं , फागुन १४ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफू निकट प्रदेश १ का सांसदहरुसँग छलफल गरेका थिए।

सोही क्रममा प्रधानमन्त्री ओली प्रमुख सचेतक गुरुङलाई धन्यवादसहित बिदाइ गर्दै भट्टराईलाई जिम्मेवारी दिएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्